किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटे



किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटे

दाङ २२ असार । दाङमा किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भिमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।

आईतबार अपरान्ह वडाध्यक्षसहित सोही वडाका भिमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।

कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरीमाना, कैद सजाय वा दुबै पनि हुन सक्ने कुरुङवाङले बताए । अबको नौ, दश दिनमा यस बिषयको टुङ्गो लाग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे