दाङमा असार ३१ गते सम्म लकडाउन थप
दाङ २२ असार । दाङमा जारी लकडाउन असार ३१ गते सम्मलाई लम्बाईको छ । कोरोना संक्रमण कायमै भएकोले जारी लकडाउनलाई असार ३१ गते सम्म लम्बाईएको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितीका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
असार मसान्त चलिरहेको हुनाले स्थानिय तहका प्रमुखहरुको व्यस्थताका कारण आज जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बस्न नसकेपनि सबैसँग टेलिफोन मार्फत् अनुमती लिई लकडाउन थपिएको उनको भनाइ छ ।
यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निणर्यमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए । सार्वजनिक र निजी सवारीका साधनलाई सिट क्षमता अनुसार मात्रै यात्रु राखेर जिल्ला भित्र सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।
त्यस्तै, बजार तथा व्यवसाय बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखी बेलुका ५ बजे सम्म खुल्ला गर्ने पुरानै निणर्यलाई यथावत राखिएको उनले बताए ।