तुलसीपुर-घोराही सडक भाेली देखि संचालनमा आउने



तुलसीपुर-घोराही सडक भाेली देखि संचालनमा आउने

दाङ २२ असार । दाङको घोराही तुलसीपुर सडक खण्डको पत्रेखोलाको कच्वेमा परेको खाल्टोको मर्मत कार्य सकिएको छ । मंगलबार बेलुका १० बजेदेखि सञ्चालन हुने भनिए पनि बुधबार बिहान ७ बजेदेखि मात्रै यातायात आवागमन हुने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनले कच्वेमा परेको खाल्डोको ढलान सुकिनसकेकोले आजै आवतजावत नहुने बताए ।

त्यस्ते प्रमुख कुरुम्वाङले अब पत्रेखोलाको कच्वेमा परेको खाल्डोको ढलान भएपछि आवागमनमा सहज हुने बताए । साथै उक्त सडकखण्डमा आइतबारदेखि सवारी आवागमन बन्द रहेको छ । उक्त खोलामा ७ बर्ष वित्दा पनि पुल निर्माण नहुँदा आवतजावतमा असहज हुने गरेको छ । अब भने पुल निर्माणको कार्यले पनि गति लिने नागरिकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे