माहुरी होमद्धारा भालुवाङमा मास्क बैंक स्थापना



माहुरी होमद्धारा भालुवाङमा मास्क बैंक स्थापना
भालुवाङ २२ असार । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ बजारमा माहुरी होमले  मास्क बैंक स्थापना गरेकाे छ । कोरोना भाईरसको संक्रमण रहिरहेको अवस्थामा नागरिकको लापर्वाहीलाई मध्यनजर गर्दै प्रहरी पोष्टको संरक्षणमा रहने गरि मास्क बैंक स्थापना गरिएको हो ।
मास्क नभएकाले लैजानुस र दिन सक्नेले दिनुस लेखीएको ब्यानरबाट राप्ती गाउँपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष पुण जंग रेश्मीले उद्घाटन गरि मास्क बैकसुरु गर्नु भएको छ । युकेएडको सहयोगमा भिएसओ र इन्टरनेशनल एलर्टको संयुक्त साझेदारीमा माहुरी होम द्वारा संचालीत सहज परियोजना अन्तर्गत माहुरी होम कपीलबस्तुले आफ्नो कार्यक्षेत्रमा मास्क बैंक स्थापना गर्दै आएको छ ।
प्रहरी कार्यालय भालुवाङका प्रहरी हवल्दार दान बहादुर महतरालाई माहुरी होम कपलिबस्तुको तर्फवाट प्रतनिधित्वि गर्दै सामाजकि परचिालक पुष्पा बन्जाडेले १ हजार थान मास्क हस्तान्तरण गरेकी छिन् । सो मास्क बैकमा वडा नं १ का मेलमिलाप कर्ता तथा निगरानी समुहकी गौमाया केसीले समुहको तर्फवाट २०० पीस, ब्यापारी तपराज आचार्यले ५० पीस मास्क बैकमा मास्क प्रदान गरेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघका भरतमणी न्यौपाने लगायतले सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे