भालुवाङका एक जना गरी दाङमा ब्राउन सुगर सहित ३ जना पक्राउ



भालुवाङका एक जना गरी दाङमा ब्राउन सुगर सहित ३ जना पक्राउ

दाङ २२ असार । दाङमा लागु औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध ओसारपसार भैरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

असार २० गते आइतबार साढे ७ बजेको समयमा घोराही उपमहानगरपालिका १३ बडरा टोल निवासी २२ वर्षिय कृष्ण बुढाथोकीले रा ४ प १०७४ नम्बरको मोटरसाइकलमा आई लागु औषध ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले घोराही उपमहानगरपालिका २ निवासी २३ वर्षिय नुवाजन चौधरी र कृष्ण बुढाथोकीलाई पक्राउ गरेको छ । उनीको साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको प्रहरीले बताएको छ ।

असार २१ गते सोमबार बिहान अन्दाजी साढे १० बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ रातोडाँडा निवासी २७ वर्षिय एकेन्द्र पुन मगरलाई पक्राउ गरेको छ । उनको घरको कोठामा लागुऔषध लुकाईछिपाई राखेको अवस्थामा २.३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । उनीहरु तीनै जनालाई लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे