तुलसीपुरको पातुखोलामा नवजात शिशु मृत फेला



तुलसीपुरको पातुखोलामा नवजात शिशु मृत फेला

तुलसीपुर २० असार । तुलसीपुरको पातुखोलामा नवजात शिशु मृत फेला परेको छ । आइतबार साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका ९ पातुखोलामा नवजात शिशु मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलक शर्माले जानकारी दिए ।

खोलाको पानी सल्यानतिरबाट आउने भएकोले कँहाबाट बगाएर ल्याएको हो एकिन थाहा हुन नसकेको उनले बताए । साथै मृतक शिशुको पहिचान खुलि नसकेको प्रहरीले बताएको छ । मृत नवजात शिशुको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे