प्युठानमा लकडाउनलाई थप खुकुलाे बनाउँदै जिल्ला भित्रका सवै सवारी साधनलाई चल्न दिने



प्युठानमा लकडाउनलाई थप खुकुलाे बनाउँदै जिल्ला भित्रका सवै सवारी साधनलाई चल्न दिने

प्युठान २० असार । कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको चौथो चरणको लकडाउन शनिवार राती १२ वजे सकिए लगतै पुन प्युठानमा लकडाउन असार ३१ गते सम्मका लागि बढाइएको छ । यो सहित प्युठानमा लकडाउन पाँचौ पटक थप गरिएको हो । आइतवार वसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकले एक सुचना जारी गर्दै जिल्लामा लकडाउन असार ३१ गते सम्मको लागि थप गर्ने निर्णय गरेको हो ।

लकडाउनमा बैंक तथा वित्तीय संस्था भने नियमित सञ्चालनमा आउने भएका छन् । बैंक तथा वित्तिय संस्था तथा सार्वजनिक कार्यालयमा सेवा लिन जादा भौतिक दुरी कायम गरि जनस्वास्थ्यका मापदण्ड अपनाइ कार्यालयमा आउन आग्रह गरिएको छ । त्यस्तै आवश्यक काम परेमा घर वाहिर जादा स्वास्थय मापदण्ड अपनाइ हिडडुल गर्न पाइने भएको छ ।

तर अनावश्यक काम वाहेक घर वाहिरी हिडडुल गर्न भने नपाइने भएको छ । त्यसैगरीे होटल , तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा,मासु, अण्डा, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु भने स्वास्थ्य मापदण्ड अपनाइ पसल तथा व्यवसायहरु खुलाउन आदेश दिएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम जिल्लामा अझै कायम रहेको महसुस गर्दै जिल्लामा निजि प्रवेश पास नभएका जिल्ला बाहिरबाट आउने सवारी साधनलाई रोक लगाइएको छ । तर जिल्ला भित्रका निजी तथा सार्वजनिक सवारी साधनलाई भने संचालन गर्न दिएको प्रजिअ खिमराज भुषालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे