दाङमा आज थप ९ जनामा कोरोना पुष्टि, १९ जना निकाे



दाङमा आज थप ९ जनामा कोरोना पुष्टि, १९ जना निकाे

घोराही २० असार । दाङमा आज ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनाको पिसिआर परिक्षण गर्दा ६ पुरुष र ३ जना महिला गरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या एक सय ४३ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ति मध्य घरमा १ सय १० जना, अक्सिजन सहितको उपचारमा १९ जना र आईसियूमा १४ जना रहेका छन् ।

यस्तै वितेको २४ घण्टामा दाङका १९ जना कोरोना मुक्त भएका छन् । यो संगै बैशाखयता जिल्लामा ७ हजार ७ सय ७७ जनाले कारोनालाई जितेका छन भने संक्रमितको संख्या ८ हजार १ सय २४ पुगेको केन्द्रले जनाएको छ । बैशाख यता दाङमा कोरोनाबाट मृत्युहुनेको संख्या २ सय ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे