गढवा गाउँपालिकाकाे बडहरामा खाना बनाउने क्रममा सिलिन्डर ग्यास बिस्फोट



गढवा गाउँपालिकाकाे बडहरामा खाना बनाउने क्रममा सिलिन्डर ग्यास बिस्फोट

गढवा १९ असार । दाङको देउखुरीमा खाना बनाउने क्रममा सिलिन्डर ग्यास बिस्फोट हुँदा चार लाख बराबरको क्षति भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी ५१ वर्षिय मानबहादुर कुमालकाे घरमा शनिबार बेलुका ६:३० बजेको समयमा खाना बनाउने क्रममा एक्कासि ग्यास बिस्फोट भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए ।

बिस्फोट हुँदा मानवीय क्षति नभए पनि घरमा रहेको अन्नपात लत्ताकपडा कपडा सबै जलेर नष्ट भएको छ । अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी नायब निरीक्षक कालू सिंह धामीको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे