दाङकाे खैरेनीमा ट्याक्टर पल्टिदा चालककाे मृत्यु



दाङकाे खैरेनीमा ट्याक्टर पल्टिदा चालककाे मृत्यु

दाङ २० असार ।  दाङमा खेत जोतेर घर फर्किने क्रममा ट्याक्टर पल्टिदा एक ब्यक्तीको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ७ खैरेनी स्थित खैरेनी खेतबाट घर फर्किने क्रममा शनिबार साँझ साढे ६ बजेतिर चिप्लिएर पल्टिदा चालक समेत रहेका ट्याक्टरका मालिक २८ बर्षीय सिताराम चौधरीको मृत्यु भएको छ ।

सोही ठाउँ निवासी चौधरी रा १ च १९३१ नम्बरको ट्याक्टरबाट फर्किने क्रममा चिप्लिएर गम्भीर घाईते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा सवा ७ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे