विकासे योजनाहरुको अनुगमन



विकासे योजनाहरुको अनुगमन

गढवा १९ असार । गढवा गाउँपालिकाले पछिल्ल्लो चरणमा निर्माण सम्पन्न भएका बिकास योजनाहरुको अनुगमन निरिक्षण गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक शान्ती चौधरी, सम्बन्धित वडाका वडा अध्यक्ष इन्जीनियर तथा प्राबिधिकहरुको टोलीले बिकास योजनाहरुको अनुगमन गरेको हो ।

सो क्रममा नेपालमा जलबायु परिवर्तन सहयोग-२ र गाउँपालिकाको समेत ५७ लाख ६५ हजारको संयुक्त लगानी बाट निर्माण सम्पन्न सिमलतारा कुलो सिंचाई चेक ड्याम्प, वडा नं. ५ को १० लाखको लागतमा निर्माणाधिन जमुनीवास पिकनिक स्पटको ट्रष्ट निर्माण र सिमलतारामा निर्माणाधिन महिला भवन लगायतका दर्जनौ बिकास योजनाहरुको अनुगमन गरिएको अनुगमन संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे