गढवामा सिप सँगै प्रविधि हस्तान्तरण



गढवामा सिप सँगै प्रविधि हस्तान्तरण

गढवा १९ असार । गरिवी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले सिप सिकाएर प्रबिधि हस्तान्तरण गरेको छ । उद्योग तथा सामाजिक बिकास मञ्च दाङको आयोजना र गाउँपालिकाको आर्थिक लगानीमा शुक्रवार बिभिन्न रोजगार तथा सिपमुलक तालिम सिकाएका कृषक तथा उद्यमी समूहहरुलाई प्राबिधिक सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरिबी न्यूनिकरण र रोजगार प्रबर्धन गर्न गाउापालिका मार्फत सिप सिकाएर सामाग्री समेत हस्तान्तरण गरिएको बताउनु भयो । कार्यक्रममा वडा सदस्य फागुराम चौधरी,प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र उद्योग तथा सामाजिक बिकास मञ्च दाङका भिम बस्नेत लगायतले सिपको सदुपयोग गरि स्वरोजगार बनाउन गाउँपालिकाले सामाग्री समेत हस्तान्तरण गरेको बताए ।

गढवा गाउँपालिका वडा नं. ७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमला नेपालीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि उद्यमीहरुलाई सामाग्री बितरण गरिएको हो । किसानहरुलाई ५ दिने च्याउखेती तालिमको सिप सिकाएर ५ थान त्रिपाल र ३ थान पराल काट्ने चारा मसिन हस्तान्तरण गरिएको हो ।

त्यस्तै कुखुरापालक किसानहरुलाई हिल्टेग टैंकी २ थान, ड्रिङ्कर तथा फिडर ३२ थान, च्याउ खेतीका लागि ३ थान टनेल स्प्रैयर टैंक ८ थान र कार्यक्रमका सहभागी सबैलाई १४ थान हजारी तथा ६ थान सिलाई मसिन समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको सहजीकरण लघुउद्यम बिकास सहजकर्ता मिना चौधरी र बिनु भुजेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे