जखेराताललाई पर्यटन टुरीजमको रुपमा विकास गरिने छ : मन्त्री पाण्डे



जखेराताललाई पर्यटन टुरीजमको रुपमा विकास गरिने छ : मन्त्री पाण्डे

देउखुरी १९ असार । लुम्बिनी प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले दाङ देउखुरीको जखेरा ताललाई पर्यटन प्रवद्र्धन र टुरीजमको रुपमा विकास गर्ने बताएकी छिन् ।

देउखुरीका पर्यटकीय स्थलहरुको अनुगमनका क्रममा मन्त्री पाण्डेले शनिबार लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको लमही नगरपालिका -३ जखेरा ताल आइपुगेकी मन्त्री पाण्डेले लमहीमा रहेको जैविक विविधता चिल्ड्रेन पार्कको स्थलगत अवलोकन एवम् निरिक्षण गर्दै जखेरा तालको कुरा पहिले देखि नै उठी रहेकोले प्रदेश सरकारले यसको गुरुयोजना अनुसार डिपिआर तयार गरेर काम अगाडी बढाइने बताइन् ।

मन्त्री पाण्डेले ७ वटै प्रदेश मध्ये लुम्बिनी प्रदेश पर्यटन र सम्वृद्धि बोकेको प्रदेश भएकाले आवश्यक बजेट विनियोजन गरि देउखुरी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई नमुना पार्कको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

जखेराताल धार्मिक शिवालय संरक्षण प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जखेरातालकाे संरक्षण र विकासका लागि  पाँच बुदे माग सहितकाे माग पत्र समेत प्रतिष्ठान अध्यक्ष उपाध्यायले मन्त्री पाण्डेलाइ हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठानका सह-अध्यक्ष काे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रम भएकाे कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका महासचिव लाेकमणि बन्जाडेले गरेका थिए । यसैबीच मन्त्री पाण्डेले डुंगा चढेर जखेरातालकाे सैयर समेत गरेकी थिइन् ।

यस्तै मन्त्री पाण्डेले एक अार्काे कार्यक्रममा बाेल्दै तीन तहको सरकारको समन्वयमा लमहीको अजम्बरी सामुदायिक वन भित्र रहेको चिल्ड्रेन पार्कलाई पर्यटकहरूको मुख्य आकर्षक केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताइन् ।

पूर्वपश्चिम राजमार्ग छेउमा भएको हुनाले यस पार्कलाई लुम्बिनी पछिको दोस्रो ठुलो लुम्बिनी प्रदेशको चिनारीको रूपमा विकास गर्न आवश्यक छ, यसका लागि सबैले सहयोग गर्नुपर्छ,  उनले भनिन् ।

 

अनुगमनमा मन्त्रालयका सचिब राजेन्द्र केसी, मन्त्रालयका अधिकृत टुकराज पाण्डे, डिभिजन वन कार्यालय देउखुरी दाङका प्रमुख बेसिन्द्रराज सुवेदी, कार्यालयका सुचना अधिकारी प्रेमीलालप्रसाद साह, मन्त्रीका स्वकीय सचिव चन्दन तिवारी, नीजि सचिव मनोज न्यौपाने लगायतको टोलीले अनुगमन गरेको थियो ।

लमही नगरपालिका वडा नम्बर ३ को जखेरा ताल, वडा नम्बर ५ को अजम्बरी सामुदायिक वन भित्र पर्ने चिल्ड्रेन पार्क, वडा नम्बर ८ को शिवशक्ती बाख्रा विकास सामुदायिक वन लगायतका क्षेत्रको अनुगमन गरिएको मन्त्री पाण्डेका स्वकीय सचिब चन्दन तिवारीले जानकारी दिए ।

अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालको कार्यसमिति टिमले मन्त्री पाण्डे लगायतलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे