गढवामा शिक्षक महासंघद्धारा राजनीतिकदलहरु संग छलफल



गढवामा शिक्षक महासंघद्धारा राजनीतिकदलहरु संग छलफल

लमही १९ असार । नेपाल शिक्षक महासंघको निर्देशन अनुसार दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तरगत गढवा गाउँपालिका स्तरीय राजनीतिक दलहरु संगको छलफल कार्यक्रम शनिबार गढवामा संम्पन्न भएको छ ।

राज्यले शिक्षक माथि गरेको बिभेदपुणर् ब्यबहारको अन्त्य हुनुपर्ने, बिद्यालय खोल्नु अधि कोभिड बिरुद्धको भ्याक्सिन लगाउनुपर्ने लगायतका ४० बँुदे माग अघि सारेर देश भरिका सामुदायिक बिद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । पाँच वटा राजनीतिक दल मध्ये चारवटा राजनीतिक दलका प्रमुख र प्रतिनिधि सहभागी भएको उक्त कार्यक्रममा शिक्षकहरुले उठान गरेको ४० बुदे माग प्रती आफुहरु जिम्मेवार रहेको भन्दै आ आफ्नो तह र तप्काबाट पहल गर्ने वचन दिएका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रतिनिधि अनोद सिह, नेकपा माओबादी केन्द्रका वीरबहादुर आले, राजमोका दिनमणी आचार्य, जसपाका सिताराम यादव, शिक्षक संघ गढवाका अध्यक्ष हिमाल अधिकारी लगायतले बोलेका थिए । स्थानीय आन्दोलन परिचालन समितिका संयोजक शोभाराम यादबको अध्यक्ष्यतामा संम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य अखिल नेपाल शिक्षक संगठन गढवाका गोबिन्द्र केसीले र कार्यक्रमको संचालन आन्दोलन परिचालन समितिका सदस्य सुरजराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे