दाङमा शनिबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना निको



दाङमा शनिबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना निको

दाङ १९ असार । दाङमा शनिबार (आज) ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनाको पिसिआर परिक्षण गर्दा २४ पुरुष र १९ जना महिला गरि ४३जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या एक सय ५३ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ति मध्ये घरमा १ सय २३ जना, अक्सिजन सहितको उपचारमा १९ जना र आईसियूमा ११ जना रहेका छन् ।

यस्तै बैशाख यता दाङमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ हजार एक सय १५ जना रहेको छ भने ७ हजार ७ सय ५८ जना निको भएको छन् । बैशाख यता दाङमा कोरोनाबाट मृत्युहुनेको संख्या २ सय ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे