एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि, भदौ १५ गते गाउँ/नगर अधिवेशन गर्न प्रस्ताव



एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि, भदौ १५ गते गाउँ/नगर अधिवेशन गर्न प्रस्ताव

काठमाण्डाै १९ असार । नेकपा एमालेको विधान महाधिवेशन साउन २५ गते गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकमा महासचिव इश्वर पोख्रेलले सांगठनिक प्रतिवेदन पेश गर्दै सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

यस्तै भदौ ५ गते वडा अधिवेशन र १५ गते नगरपालिका र गाउँपालिकाहरुको अधिवेशन गर्न प्रस्ताव गरिएको छ । विधान महाधिवेशनको लागि मुख्य नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ । बैठकमा प्रतिनिधिसभाको चुनाव र एमालेको महाधिवेशन जुध्ने अवस्थामा महाधिवेशनलाई आउँदो बैशाखसम्म सार्न सकिने प्रस्ताव पनि पेश भएको छ ।

हिजो सहभागी नभएको माधव नेपाल पक्ष आजको बैठकमा पनि उपस्थित भएन । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर सोमबार साँझभित्र फिर्ता लिन अध्यक्ष ओलीले निर्देशन दिए पनि नेता नेपाल पक्षले भने माग पूरा नभएसम्म हस्ताक्षर फिर्ता नलिने र बैठकमा नजाने अडान लिएको छ । नेता नेपालले आज विघटित संसदका सांसदहरुसँग सल्लाह पनि गरेका छन् । एमालेलाई जेठ २ मा जस्ताको तस्तै फर्काएर बैठक बोलाउन नेपाल पक्षको माग छ ।

उज्यालाे अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे