गाउँमा शिव मन्दिर बनाउन जुटे सुन्दरपुरबासी



गाउँमा शिव मन्दिर बनाउन जुटे सुन्दरपुरबासी

भालुवाङ १९ असार । दाङको राप्ती वडा नम्बर ४ सुन्दरपुरका स्थानीयहरु गाउँमा शिव मन्दिर बनाउन जुटेका छन् । उनीहरुसँग धन नभएपनि मन भएकाले मन्दिर बनाउन लागेका हुन् । लामो समय देखिको सपना पूरा गर्न अहिले स्थानीय बासिन्दा एकजुुट भएका छन् ।गाउँमा एउटा पुरानो मन्दिर छ तर खोलाको कटान सँगै मन्दिरनै जीणर् भइसकेकाले त्यसको संरक्षणका लागि त्यही मन्दिरको नजिकमा नयाँ मन्दिर बनाउन थालिएको मन्दिर निमाणर् समितिका अध्यक्ष कृष्णबहादुर बस्नेत र सचिव गोविन्दप्रसाद शर्माले बताउनु भयो । राप्ती गाउँपालिका वडा नम्बर ४ श्रीनारायण चोक मौरीघाट देखि देवीकोट हुँदै प्रस्तावित प्युठानको स्वर्गद्धारी जोड्ने सडक छेउमै मन्दिर बनाउन थालिएको छ ।

२०७८ साल जेठ ८ गते देखि मन्दिर बनाउन थालिएको हो । अहिले मन्दिरको ढलान कार्य समेत सम्पन्न भइसकेको छ । सरकारको सहयोग बिनै गाउँलेहरुले आफै पैसा उठाएर तथा विदेशबाट नेपालीहरुले पठाएको रकमबाट मन्दिर बनाउन थालिए पछि स्थानीयहरु समेत हौसिएका छन् । गाउँमा भएको मन्दिर पनि जीणर् भइसकेपछि पुजापाठ गर्न छोडिएको थियो । गाउँको मन्दिरमा पुजापाठ गर्न बन्द भएपछि स्थानीयहरु छिमेकी गाउँ तथा अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । मन्दिर बनाउन स्थानीय र देश विदेशबाट गरी हाल ३ लाख रुपैयाँ सहयोग जुटेको छ ।

यता गाउँलेहरुले स्थानीय सरकारलाई चुनौती दिदै आफ्नै लगानीमा मन्दिर बनाउन थालेपछि स्थानीय सरकारको ध्यान गएको छ । यस आर्थिक वर्षका लागि राप्ती गाउँपालिका मार्फत २ लाख बजेट विनियोजन गरिएको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले बताउनु भयो । आफ्नो गाउँ आफै बनाऔँ भन्ने नारालाई आत्मासाथ गर्ने हो भने सरकारको सहयोग बिना पनि थुप्रै काम गर्न सकिने सुन्दरपुरबासी युवाहरुको यो कामबाट प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे