देउखुरी उधोग बाणिज्य संघद्धारा निलसागरलाई ५ थान पलङ सहितका सामाग्री सहयोग
लमही १९ असार । देउखुरी उधोग बाणिज्य संघ लमहीले शुक्रवार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा पुगेर सहयोग गरेको छ । संघका अध्यक्ष खगेश्वर खनालको नेतृत्वमा संकलित दाल, तेल, आलु, सरफ, साबुन, सेम्पु, तरकारी मसला र ५ वटा पलङ लगायतका सामाग्री हस्तान्तरण गरेका छन् ।
सामाग्री हस्तान्तरण गर्दै मानसिक सन्तुलन गुमाएका मान्छेलाई सडक बाट उद्दार गरेर ब्यवस्थापन गर्नु चानचुने कुरा होइन, निस्वार्थ रुपमा मानव सेवामा लाग्नु महान कार्य हो”- अध्यक्ष खनालले भने । घर छोडेर हिडेका त्यस्ता असहाय, अशक्त, र मानसिक बिरामीको लागि देउखुरी उधोग बाणिज्य संघले अझै सहयोग गर्ने अध्यक्ष खनालले प्रतिबद्धता ब्यक्त गरे ।
संघका उपाध्यक्ष केशबराज पोख्रेलले उनिहरुलाई ब्यवस्थापन गरेपछी दुबै पक्षलाई फाइदा भएको बताए । बेवारिसे भएर हिडेकाहरु अहिले पानी पर्दा छाना मुनि ओतिन पाएका छन भने, पानी पर्दा र जाडो हुँदा न्यानोमा बास बस्न पाएका छन”- उपाध्यक्ष पोख्रेलले भने ।
त्यसैगरी देउखुरी उधोग बाणिज्य संघका सल्लाहकार डिल्लिराज खनाल, सदस्य नुमाकान्त बोहरा समेतको उपस्थिति रहेको थियो । सहयोग मन भएका दाताहरु बाट सहयोग पाउँदा मानव सेवा कार्यमा उर्जा थपिएको बताए । यो जिम्मेवार नागरिकको सचेत अभियान भएकोले अझै पनि सहयोगको अपेक्षा भएको बताए । “चाह्यौ भने नसकिने केही छैन । हाम्रो यो कार्य निरन्तर रहन्छ, बेवारिसे मानिसका लागि रातदिन खटिएका छौ”- बिष्टले भने । आश्रममा अहिले २५ जना पुरुष ३ जना महिला छन ।
लमहीको गोरखा स्कुल द्वारा सिरक डसना सहयोग
त्यसै गरि गोरखा मोडेल स्कुल लमहीले पनि सिरक डसना सहयोग गरेका छन । विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले आश्रममा पुगेर ७ वटा सिरक डसना आश्रमलाई सहयोग गरेका हुन । जाडोयाममा बेसहारा मानिसहरुलाई रात बिताउन सजिलो होस् भनेर सहयोग गरेको प्रधानाध्यापक रिजालले बताए।

