देउखुरी उधोग बाणिज्य संघद्धारा निलसागरलाई ५ थान पलङ सहितका सामाग्री सहयोग



देउखुरी उधोग बाणिज्य संघद्धारा निलसागरलाई ५ थान पलङ सहितका सामाग्री सहयोग

लमही १९ असार । देउखुरी उधोग बाणिज्य संघ लमहीले शुक्रवार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा  पुगेर सहयोग गरेको छ । संघका अध्यक्ष खगेश्वर खनालको नेतृत्वमा संकलित  दाल, तेल, आलु, सरफ, साबुन, सेम्पु, तरकारी मसला र ५ वटा पलङ लगायतका सामाग्री हस्तान्तरण गरेका छन् ।सामाग्री हस्तान्तरण गर्दै मानसिक सन्तुलन गुमाएका मान्छेलाई सडक बाट उद्दार गरेर ब्यवस्थापन गर्नु चानचुने कुरा होइन, निस्वार्थ रुपमा मानव सेवामा लाग्नु महान कार्य हो”- अध्यक्ष खनालले भने । घर छोडेर हिडेका त्यस्ता असहाय, अशक्त, र मानसिक बिरामीको लागि देउखुरी उधोग बाणिज्य संघले अझै सहयोग गर्ने अध्यक्ष खनालले प्रतिबद्धता ब्यक्त गरे ।संघका उपाध्यक्ष केशबराज पोख्रेलले उनिहरुलाई ब्यवस्थापन गरेपछी दुबै पक्षलाई फाइदा भएको बताए । बेवारिसे भएर हिडेकाहरु अहिले पानी पर्दा छाना मुनि ओतिन पाएका छन भने, पानी पर्दा र जाडो हुँदा न्यानोमा बास बस्न पाएका छन”- उपाध्यक्ष पोख्रेलले भने ।

त्यसैगरी देउखुरी उधोग बाणिज्य संघका सल्लाहकार डिल्लिराज खनाल, सदस्य नुमाकान्त बोहरा समेतको उपस्थिति रहेको थियो । सहयोग मन भएका दाताहरु बाट सहयोग पाउँदा मानव सेवा कार्यमा उर्जा थपिएको बताए । यो जिम्मेवार नागरिकको सचेत अभियान भएकोले अझै पनि सहयोगको अपेक्षा भएको बताए । “चाह्यौ भने नसकिने केही छैन । हाम्रो यो कार्य निरन्तर रहन्छ, बेवारिसे मानिसका लागि रातदिन खटिएका छौ”- बिष्टले भने । आश्रममा अहिले २५ जना पुरुष ३ जना महिला छन ।

लमहीको गोरखा स्कुल द्वारा सिरक डसना सहयोग

त्यसै गरि गोरखा मोडेल स्कुल लमहीले पनि सिरक डसना सहयोग गरेका छन । विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले आश्रममा पुगेर ७ वटा सिरक डसना आश्रमलाई सहयोग गरेका हुन । जाडोयाममा बेसहारा मानिसहरुलाई रात बिताउन सजिलो होस् भनेर सहयोग गरेको प्रधानाध्यापक रिजालले बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे