दाङकाे घोराही–तुलसीपुर सडक खण्ड भाेली देखि दुई दिन बन्द हुने



दाङकाे घोराही–तुलसीपुर सडक खण्ड भाेली देखि दुई दिन बन्द हुने

दाङ १९ असार । दाङकाे घोराही–तुलसीपुर सडक खण्ड दुई दिन बन्द हुने भएको छ। उक्त सडक खण्डको पत्रेखोलमा दुई दिन निर्माण कार्य हुने भएपछी बन्द हुने भएको हो ।

पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नका लागि कंक्रिट हाल्नु पर्ने भएकाले दुई दिन आवागमन ठप्प पारिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए ।

उनका अनुसार असार २० गते आईतबार विहान ८ बजेदेखि असार २२ गते मंगलबारसम्म साँझ ८ बजेसम्म आवागमन ठप्प हुनेछ । सोही खोलामा पुल निर्माण कार्यले पूर्णता नपाउँदा आवागमण अबरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे