ग्लोबल युथ क्लवको बैठक लालमटियामा सम्पन्न: क्लवलाई गाउँपालिका स्तरीय बनाइने



ग्लोबल युथ क्लवको बैठक लालमटियामा सम्पन्न:  क्लवलाई गाउँपालिका स्तरीय बनाइने

लालमटिया १८ असार । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको ग्लोबल युथ क्लवको बैठक शुक्रवार लालमटियामा सम्पन्न भएको छ । क्लवका अध्यक्ष रमेश कडेलको अध्यक्षतामा बसेको बैठकले क्लवलाई गाउँपालिका स्तरीय बनाउन ९ वटै वडालाई समेटने गरी नयाँ सदस्यता खुल्ला गर्ने निणर्य गरेको छ ।त्यसै गरी बैठकले क्लवको प्रथम साधारणसभा तथा अधिवेशनको आवश्यक तयारी गर्ने, प्रतिवेदनहरु तयार पार्ने र वडाहरुमा युवा लक्षित प्रशिक्षणको लागि तयारी थाल्ने र क्लवलाई क्रियाशिल बनाउने लगायतको निणर्य समेत गरेको छ ।बैठकमा क्लवका कोषाध्यक्ष विशाल ज्ञवाली, सदस्यहरु हेमराज पोख्रेल, शोभितजंग शाही, शुसिला आचार्य, मालती गौतम, क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ता, सल्लाहाकार सन्तोषकुमार गुप्ता र आमन्त्रित सदस्य सरिता एमसी, गोविन्द केसी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे