प्रदेश राजधानी ब्यवस्थापनका विषयमा राप्ती गाउँपालिकामा छलफल



प्रदेश राजधानी ब्यवस्थापनका विषयमा राप्ती गाउँपालिकामा छलफल

भालुवाङ १७ असार । लुम्बिनी प्रदेश राजधानीको ब्यवस्थापन संग सम्वन्धित विषयमा राप्ती गाउँपालिकामा बिहिवार छलफल गरिएको छ । प्रदेश राजधानीको केन्द्र राप्ती उपत्यकाको पछिल्लो ब्यवस्थापकीय प्रगतिको बारेमा छलफल गरिएको हो ।

बैठकले प्रदेश ब्यवस्थापन कार्यालय, प्रदेश पुर्वाधार प्राधिकरण, ग्रामिण तथा शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सिसहनियाँ र भालुवाङका उद्योग बाणिज्य संघको सहकार्यमा भवनहरुको ब्यवथापन, सुचिकरण तथा भाडादर समेत निर्धारणका लागि कार्य प्रारम्भ गर्ने निणर्य गरिएको राप्ती गाउँपालिकाका प्रमख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।

प्रमख प्रशासकिय अधिकृत रिजालका अनुसार बैठकले प्रदेश सरकारले घर निर्माणमा रोक लगाएको मिति भन्दा पहिले निर्माण भएका घरहरुको फास्ट ट्रयाक छरितो विधिबाट अभिलेखीकरण गर्न र नक्सा पास गर्न गाउँपालिकाको कार्यविधि संसोधनका लागि प्रक्रिया अघि वढाउन अनुरोध गर्ने समेत निणर्य गरिएको बताए ।

छलफल कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरु रेवतीरमण शर्मा, इन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, प्रदेश पुर्वाधार प्राधिकरणका प्रमुख ध्रुब मजगैया, राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, सिसहनियाँ र राप्ती उद्योग बाणिज्य संघका प्रतिनिधि तथा वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे