देउखुरीको गढवामा महिला हिंसा र बलत्कार बिरुद्ध मौन बिरोध



देउखुरीको गढवामा महिला हिंसा र बलत्कार बिरुद्ध मौन बिरोध
शिबराज पन्थी, गढवा  २५ असोज । देउखुरीको गढवामा स्थानीय युवाहरुले शनिवार महिला हिंसा तथा बढ्दो बलत्कारका बिरुद्धमा गढवा बजार चोंकमा मौन बिरोध जनाएका छन् । हात हातमा प्लेकार्ड बोकेका युवाहरुले गढवाको मुख्य चौराहाको दक्षिण किनारमा झण्डै १ घण्टा सम्म उभिएर हातमा प्लेकार्ड तथा ब्यानर बोकेर मौन बिरोध जनाएका हुन् ।
नेपालमा बढ्दै गरेको बलत्कारको अपराध र महिला माथी हुने गरेका घरेलुहिंसाको अन्त्य गर्न युवा पुस्ता आफै सचेत हुनुपर्ने भन्दै आफूहरुले स्वतःस्फूर्त बिरोध जनाएको स्थानीय युवा सागर खनालले बताए । नेपाली समाजमा बलत्कारका घटनाहरु दिन प्रतिदिन बढीरहेको भन्दै यसको न्यूनिकरणमा आम नागरिक स्तरबाट पनि खर्बदारी गर्न जरुरी भएको स्थानीय युवा दिपेश आचार्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे