शिक्षक सेवा तथा लोकसेवा लक्षित बौद्धिक परिक्षण कक्षा सम्पन्न



शिक्षक सेवा तथा लोकसेवा लक्षित बौद्धिक परिक्षण कक्षा सम्पन्न

सुर्खेत १७ असार । सुर्खेत नेत्रहिन युवा संघ नेपाल सुर्खेत शाखाको सहयोगमा सञ्चालित दृश्टिविहिन व्यक्तिका लागि शिक्षक सेवा र लोकसेवा लक्षित बौद्धिक परिक्षण तयारी कक्षा बुधबार एक भर्चुवल कार्यक्रमका बीच समापन गरिएकाे छ । जुम मिटिङ मार्फत सम्पन्न आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै शिक्षक सेवा आयोगका शाखा अधिकृत दिवाकर शर्माले दृश्टिविहिनमैत्री प्रश्नपत्र निर्माण तथा कार्यान्वयनमा सरलता ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहभागीको प्रश्नको जवाफमा उनले शिक्षक सेवाको परिक्षालाई थप सुधार गर्दै शिक्षा सम्बन्धि संवैधानिक विषय समावेश गरेको तर बौद्धिक परिक्षण राख्नैपर्ने पक्षमा आफु नरहेको बताए । साथै उनले प्रश्नपत्रमा अक्षरको आकार बढाउँदा गोपनीयता र व्यवस्थापनमा चुनौती थपिने भन्दै सहज रूपमा सहयोगी राखी परिक्षा दिन पनि आग्रह गरे ।

एक प्रसंगमा अधिकृत शर्माले आयोगमा लामो समयसम्म पदाधिकारि रिक्त भएको कारण परिक्षाको मिति तोक्न ढिलाइ भएको स्पष्ट पारेका थिए । नेत्रहिन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारी ले दृश्टि सम्बन्धि अपांगता भएका व्यक्तिलाई शिक्षक सेवा तथा लोकसेवाले लिने परिक्षामा हल पुग्नु अघि विभिन्न कारणले तनाव हुने गरेको र सोहि कारण परिक्षामा पनि नकारात्मक प्रभाव पर्ने गरेको बताउँदै परिक्षा सेवालाई तनावरहित, व्यवहारिक, सरल र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेतका प्रमुख भोजराज न्यौपानेले आफ्नो स्तरबाट हुन सक्ने सबै सहयोग गर्ने बताए । दृश्टिविहिन व्यक्तिका लागि आधारभुत तह निमावि तहको नेपाली विषयको श्रव्य पुस्तक समेत तयार गरिसकिएको र बितरणका लागि सम्बन्धित दृश्टिविहिन व्यक्तिका इमेलहरू सङ्कलन भईरहेको जानकारी दिईएको थियो ।

पुस्तक प्राप्त गर्न नेत्रहिन युवा संघ नेपालले इच्छुक दृश्टिविहिन व्यक्तिलाई यथासक्य कार्यलयमा सम्पर्क गरि उपलब्ध गराइने गुगल फारम मार्फत आफ्नो विवरण पठाउन पनि अनुरोध गरेको छ । संघकी काेषाध्यक्ष संझना बढवालकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन  नेत्रहिन युवा संघ नेपालका उपाध्यक्ष उत्तम विकले  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे