नेपालमा थप २,७६० जनामा कोरोना संक्रमण पुष्टि, ४०१७ जना संक्रमणमुक्त ३३ जनाको मृत्यु



नेपालमा थप २,७६० जनामा कोरोना संक्रमण पुष्टि, ४०१७ जना संक्रमणमुक्त ३३ जनाको मृत्यु

काठमाडौं १७ असार । पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०१७ रहेको छ । कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा काठमाडौंमा ३१६, झापामा २४८,  कास्कीमा १८९, मोरङमा १७६, सुनसरीमा १२९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै ललितपुरमा ७४, रुपन्देहीमा ५७, ताप्लेजुङमा ५२,  चितवन र मकवानपसुरमा ४८/४८ जना,  तनहुँमा ३९,  नवलपरासी पूर्वमा ३८, काभ्रेपलाञ्‍चोकमा ३४,  सिन्धुपाल्चोकमा ३२, नुवाकोटमा ३०, भक्तपुरमा २९,  बागलुङमा २८ जना  लमजुङमा २५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

पाँचथर र दाङमा १८/१८ जना,  जुम्लामा र सुर्खेतमा १६/१६ जना, स्याङजामा १५,  सिरहामा १४, सप्तरी, दोलखा र गोरखामा १२/१२ जना,  धनुषामा ११, पाल्पामा १०  जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ५२ बालबालिकामा कोरोना संक्रमणपुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४३ जनामा कोरोना संक्रमण देखिउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे