दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना निकाे ३ जनाकाे मृत्यु



दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना निकाे ३ जनाकाे मृत्यु

दाङ १७ असार । लकडाउन खुकुलो हुदै जादा कोरोना संक्रमितको दर पनि बढ्दै गएको छ । दाङमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ५० जनाको परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका ९ जना, तुलसीपुरका ३, राप्तीका ४, राजपुरका २ जना र गढवाका १ जना रहेका छन् । यो संंगै वैशाखयता संक्रमित हुनेको कुल संख्या ८ हजार ६९ जना रहेको छ भने सकृय संक्रमितको संख्या १ सय ५७ जना रहेको केन्द्रले जनाएको छ ।

जिल्लामा बितेको २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तुलसीपुर १७ का ६५ वर्षका पुरुष, राजपुर २ का ६२ वर्षका पुरुष र राप्ती ६ का ६९ वर्षिय पुरुष रहेका छन् । यो संगै वैशाखयता २ सय ४ जनाको संक्रमणबाट मृत्यु भएको केन्द्रले जनाएको छ । यस्तै बितेको २४ घण्टामा घोराहीका३  जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ८ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे