दाङमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि



दाङमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि

घोराही १६ असार । दाङमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनाको पिसिआर परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या एक सय ४४ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ति मध्य घरमा १ सय १ जना, अक्सिजन सहितको उपचारमा २८ जना र आईसियूमा १५ जना रहेका छन् ।

यो संगै बैशाख यता दाङका कोरोनाबाट संक्रमित हुनेको संख्या ८ हजार ५० रहेका छन् भने ७ हजार ५ सय २२ जना निको भएको छन् । बैशाख यता दाङका २ सय १ जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे