घोराहीमा श्रमजिवी पत्रकारको पारिश्रमिक र मिडियाका समस्या विषयक अन्तरक्रिया कार्यक्रम



घोराहीमा श्रमजिवी पत्रकारको पारिश्रमिक र मिडियाका समस्या विषयक अन्तरक्रिया कार्यक्रम

घोराही १६ असार । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको समन्वयमा घोराहीमा श्रमजिवी पत्रकारको पारिश्रमिक र मिडियाका समस्याहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समितिका सदस्य गिरु भण्डारीको अध्यक्षतमा भएका कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले श्रमजिवी पत्रकारले न्युनतम पारिश्रमिकको माग गर्नु भन्दा काम अनुसार तलबका विषयमा आवाज उठाउनु पर्ने बताउनुुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले श्रमजिवी पत्रकारहरुको पारिश्रमिक पाउने सवालमा प्रभावकारी कार्यान्वयनको आबस्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य मधुसुदन बैद्यले लोककल्याणकारी विज्ञापन दिदा रेडियोको वर्गिकरण गरे कर्मचारीहरुलाई तोके अनुसार नै पारिश्रमिक दिन सहज हुने बताए । सरकारले छापा पत्रिकाको वर्गीकरण गरे जस्तै रेडियोको पनि वर्गीकरण गरे विज्ञापनको समानीकरणमा सहज हुने उल्लेख गरे ।

कार्यक्रममा सहभागि पत्रकारहरुले पत्रकारहरुको पारिश्रमिक न्यूनतम नभई अधिकतम हुनुपर्नेमा जोड दिएका छन् । पत्रकार महासंघ शाखा दाङका अध्यक्ष दुर्गालाल के.सी, निवर्तमान अध्यक्ष सविन प्रियासन,शाखा दाङका सल्लाहकार लक्ष्मी आचार्य, पत्रकारहरु जेएन सागर, महेश रिजाल, शुलोचना गौतम, खेमराज रिजाल लगाएकाले धारणा राखेका थिए । पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वावत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आर.के सितलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे