दाङमा चोरीका विभिन्न समान सहित २ जना पक्राउ



दाङमा चोरीका विभिन्न समान सहित २ जना पक्राउ

घोराही १६ असार । चोरीका विभिन्न समान सहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १३ का १६ बर्षिय एक बालक र तुलसीपुर उपमहानगरपालिका २ बस्ने २२ बर्षिय देवेन्द्र खत्रीलाई विभिन्न समयमा चोरी भएका सामान सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनिहरुको साथबाट एक थान ल्यापटप र बिभिन्न कम्पनीका ५ थान मोबाईल सेट बरामद भएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे