अदालतबाट दोषी ठहर भई कर्तव्य ज्यान र बहुबिबाह मुद्धाका फरार २ जना घोराहीबाट पक्राउ



अदालतबाट दोषी ठहर भई कर्तव्य ज्यान र बहुबिबाह मुद्धाका फरार २ जना घोराहीबाट पक्राउ

घोराही १६ असार । अदालतबाट दोषी ठहर भएका तर फरार रहेका दुई जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धामा १० बर्ष र बहुबिबाह मुद्धामा एक बर्ष ४ महिना कैद सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरका ३८ बर्षिय राजेन्द्र चौधरीलाई २०७३ साल असार २८ गते कर्तव्य ज्यान मुद्धामा १० बर्ष कैद तोकेको थियो । तर उनि फरार रहेको र अहिले पक्राउ गरि अदालतमा बुझाईएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् ।

यसैगरी, घोराही उपमहानगरपालिका ३ कुइरेपानीका ३० बर्षिय विक्रम खड्कालाई बहुबिबाह मुद्धामा पुनराबेदन अदालतले २०७० साल जेठ ८ गते एक बर्ष ४ महिना कैद सजाय तोक्दा फरार रहेकाले उनि अहिले पक्राउ परेका हुन् । उनलाई घोराही उपमहानगरपालिका १७ चौघेरा स्थित ससुरालिबाट पक्राउ गरि अदालतमा बुझाईएको डिएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे