राजपुरमा कार्यपालिका सदस्य सहित दुई जनालाई करणीको आरोप



राजपुरमा कार्यपालिका सदस्य सहित दुई जनालाई करणीको आरोप

 दाङ १६ असार । दाङको राजपुर गाउँपालिकाका कार्यपालिका सदस्य भक्तबहादुर बिक र स्थानीय कमल विकलाई करणीको आरोप लागेको छ । गएको जेठ अन्तिम साता उनीहरु माथि एक महिलाले करणीको आरोप लगाएपछि अनुसन्धानका लागि खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए ।

तर, स्थानीयका अनुसार जेठ २३ गते जग्गाको आँठाको विषयलाई लिएर भएको विवादले उत्कर्ष रुप लिएपछि फसाउनका लागि प्रपन्च रचिएको बताएका छन् । जग्गाको आठामा राखेको दुबोको विषयलाई लिएर स्थानीय कमल विक र ति महिलाबीच विवाद भएको थियो । विवाद भएपछि स्थानीय जनप्रतिनिधि र गाउँलेको रोहबरमा त्यो विवादलाई मिलाईएको थियो ।

तर, त्यो विवाद मिलाईसकेपछि पनि ति महिलाले गढवा प्रहरीमा उजुरी दिएको उनका आफन्ती बाबुराम बिकले प्रतिक्रिया दिए ।उनका अनुसार ति महिलाले ईप्रका गढवामा करणीको मुद्दा दर्ता गरेपछि आफूहरुले सत्य तथ्य छानविन गरि पाउँ साथै झुठा उजुरी गर्ने र दर्ता गर्ने उपर कारवाही गरि पाउँ भनि निवदेन जिल्ला प्रहरी कार्यालय दाङमा गएपनि मुद्दा दर्ता नगरेको गुनासो पनि गरे ।

यो विषयमा सञ्चार माध्याममा प्रकाशित समाचारको खण्डन गर्दै नेपाली काँग्रेसले विज्ञप्ति नै जारी गरेको छ । यो घटनालाई स्थानीयले राजनीतिकरण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे