तुलसीपुरबाट एकलाख नगद सहित पाँच जुवाडे पक्राउ



तुलसीपुरबाट एकलाख नगद सहित  पाँच जुवाडे पक्राउ

तुलसीपुर १६ असार । गएराति तुलसीपुरको कट्कुईयाँमा जुवाको खालबाट एक लाख सहित पाँचजना पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलिले तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँ निबासी विष्णु प्रसाद शर्माको घरमा जुवा खेलिरहेका तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने ४३ बर्षका केशव विक, ३० बर्षका समिर केसी, कट्कुईयाका इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गा प्रसाद डाँगीलाई पक्राउ गरेको छ ।   पक्राउ परेकाहरुको सातबाट  एक लाख १० हजार ४ सय रुपैयाँ बरामद गरिएको प्रहरी स्रोतले बताएको छ ।  प्रहरीरले करिब साढे नौ बजे पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे