राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २० जना विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी



राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २० जना विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी

दाङ १६ असार । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे ५ करोड बढी रकम हिनामिना गरेको अरोपमा गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले आदेश गरेको हाे ।

अदालतका श्रेस्तेदार धनसिंह गिरीले उनीहरुलाई पक्राउ गरि अदालतमा पेश गर्न आदेश जारी गरेको बताए । ३५ दिने पक्राउ पूर्जी जारी गरिएको भन्दै यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टागिने उनले बताए ।  सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ ।

साभार : तुलसीपुर अनलाइन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे