भरखरै दाङ भित्रिएका प्रजिअ कुरुम्वाङको पहिलो नजर पत्रेखोलामा



भरखरै दाङ भित्रिएका प्रजिअ कुरुम्वाङको पहिलो नजर पत्रेखोलामा

घोराही १५ असार । दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा हिजो देखी जिम्मेवारी सम्हाल्नुभएका रामबहादुर कुरुम्वाङले आज पत्रे खोलाले निम्त्याएको समस्याका बारेमा निरीक्षण गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले प्रहरी प्रमुख, सडक डिभिजन प्रमुख, निर्माण व्यवसायीलाई लिएर पत्रे खोलाले निम्त्याएको जोखिमताका बिषयमा जानकारी लिएका छन् ।

खोलामा बन्दै गरेको पुल र सुरक्षित डाइभर्सन नहुँदा निम्तीएको जोखिमलाई तत्काल समाधान गर्न उनले सडक कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिए ।  बर्षा याममा सवारीका साधन र यात्रुहरुलाई सहजैरुपमा आवतजावत गर्न सक्ने गरी तत्काल काम थालेर सुरक्षित बनाउन उनले निर्देशन दिए ।

बर्षौ देखी निर्माणाधिन पुल अहिले सम्म पनि बन्न नसक्दा बर्षाको भेलले आवतजावतमा अप्ठेरो पार्दै आएको छ । तर सरकारी नियमक निकायले निरिक्षण गर्ने र काम नगर्ने गर्दा यात्रुहरुले भने सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे