बेलैमा बर्षा हुँदा दाङमा ६० प्रतिशत धान रोपियो



बेलैमा बर्षा हुँदा दाङमा ६० प्रतिशत धान रोपियो

दाङ १५ असार ।  यसबर्ष छिट्टै बर्षाभएका कारण दाङमा किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । अघिल्ला बर्षहरुमा असार १५ मा पानी खोज्दै धान दिबस मनाउनु पर्ने अबस्था थियो । तर यस बर्ष भने असार १५ मा आधा खेतमा धान रोपाई भैसकेको छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार बिगतको बर्षको तुलनामा यस बर्ष छिटै बर्षा भएकाले अहिले सम्म धान खेती हुने क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाँई भैसकेको छ । केन्द्रका सूचना अधिकारी रुद्रमणि पौडेलले देउखुरी र पश्चिम भेगमा करिब ८० प्रतिशत खेतमा धान रोपाई सकिएको छ ।

घोराही र तुलसीपुर क्षेत्रमा पनि धामधम धान रोपाँई भैरहेको छ । बेलैमा प्रसस्त पानी परेका कारण पनि यस बर्ष धान उत्पादन हुने निश्चित भएको छ । यसैविच गत बर्ष देखी करिब ३ हजार हेक्टर क्षेत्रफलमा धान खेती बढेको छ ।

कोरोना संक्रमणले गरिएको लकडाउनका कारण नागरिकहरुले बाँझो खेतमा पनि खेती गर्न थाले पछि करिब ३ हजार हेक्टर क्षेत्रफलमा धान खेती बृद्धी भएको सूचना अधिकारी पौडेलको भनाई छ ।

दाङमा अहिले ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । दाङमा किसानहरुले ५२ प्रतिशत हाइव्रिड, २५ प्रतिशत उन्नत र २३ प्रतिशत स्थानिय जातका धान रोप्ने गरेका छन् । यसैबिच आज असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिनकारुपमा लिदै धान दिबस मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे