माओवादीले हटाएका दुई मेयरलाई काममा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश



माओवादीले हटाएका दुई मेयरलाई काममा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डाै – नेकपा माओवादी केन्द्र त्याग गरेर नेकपा एमाले प्रवेश गरेका दुई जना मेयरलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमाले प्रवेश गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको तथा अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएको भन्दै उनीहरूलाई मेयरका रूपमा काम गर्नबाट रोक नलगाउन आदेश दिएको हो ।

गएको वैशाख १३ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको निर्णयको आधारमा निर्वाचन आयोगले असार ९ गते साह र कुशवाहलगायत जनप्रतिनिधिलाई दल त्याग सम्बन्धी कानुनअनुसार पदमुक्त भएको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे