तुलसीपुरको सिरखोलामा बस दुर्घटना, १७ जना घाईते



तुलसीपुरको सिरखोलामा बस दुर्घटना, १७ जना घाईते

तुलसीपुर  १५ असार । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान खण्डको सिरखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना यात्रु घाईते भएका छन् । घाईतहरुको अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सिरखोलामा मंगलबार बेलुका साढे ६ बजेतिर रा १ ख २४३९ नम्वरको बस दुर्घटनामा परेको हो । सल्यानबाट बाँके जाँदै उक्त बस सडक देखि झन्डै ५० मिटर तल खसेको छ ।  गाडी दुर्घटना भएको स्थानमा घुम्ती छ । त्यसैले पनि दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे