दाङमा असार २२ गतेसम्म लकडाउन लम्बियाे : सार्वजनिक सवारीसाधन भने भोलीबाट चल्ने



दाङमा असार २२ गतेसम्म लकडाउन लम्बियाे : सार्वजनिक सवारीसाधन भने भोलीबाट चल्ने

दाङ १५ असार । दाङमा भोलिदेखि सवारी साधन चल्ने भएका छन् । जिल्ला कोभिड विपत व्यवस्थापन समितिको घोराहीमा बसेको बैठकले जिल्लामा सार्वजनिक सवारी साधनहरु संचालन गर्ने निर्णय गरेको हो ।

जारी लकडाउनलाई भने असार २२ गतेसम्म थपिएको छ । लकडाउन लम्ब्याउँदै सुरक्षा मापदण्ड अपनाएर सवारी साधन संचालन गर्ने निर्णय भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिए ।

दाङमा बजार भने अब बिहानदेखि साँझ ६ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ भने तेस्रो भेरियन्टका लागि पूर्वतयारी गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे