पत्थरगढवामा जलचर जलीय विविधता संरक्षण ऐन अभिमुखीकरण कार्यक्रम



पत्थरगढवामा जलचर जलीय विविधता संरक्षण ऐन अभिमुखीकरण कार्यक्रम

सिसहनियाँ १४ असार । जलचर एवम् जलीय विविधता संरक्षण ऐन अभिमुखीकरण कार्यक्रम आइतवार राप्ती गाउँपालिका ६ पत्थरगढवामा सम्पन्न भएको छ । बैखा माछा संरक्षण समुहको आयोजना एवम् राप्ती गाउँपालिका वडा नम्बर ६ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जलचार तथा जलीय जिवजन्तुको संरक्षण कसरी गर्ने र यसका ऐन कानुनका विषयमा जानकारी गराइएको थियो । माछा समुहका अध्यक्ष पाटेश्वरीप्रसाद चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माछा समुहका पदाधिकारी, इको क्लवका पदाधिकारी, गाउँ अगुवा र जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो कार्यक्रमको सहजीकरण प्रदिप मज्गैया र राममोती चौधरीले गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव मंगलप्रसाद चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे