मिलाप कृषि सहकारीद्धारा सेफ हाउसलाई ५३ हजार बराबरको सामाग्री प्रदान



मिलाप कृषि सहकारीद्धारा सेफ हाउसलाई ५३ हजार बराबरको सामाग्री प्रदान

भालुवाङ १४ असार । मिलाप कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका ४ मौरीघाटले आइतवार सेफ हाउसलाई विभिन्न सामाग्री प्रदान गरेको छ । राप्ती गाउँपालिकालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको वडा नम्बर ४ मौरीघाटमा रहेको सहकारी संस्थाले अष्ट्रेलियन एड, कारितास अष्ट्रेलिया र कारितास नेपालको आर्थिक सहयोगमा महिला सशक्तिकरण तथा अधिकार प्रवद्र्धन परियोजना अन्तरगत हिंसा पिडित नागरिकको सुरक्षा तथा न्यायमा सहजता ल्याउन सेफ हाउसलाई सञ्चालन तथा ब्यवस्थापनका लागि उक्त सामाग्री उपलब्ध गराएको हो ।सेफ हाउस सञ्चालनमा थप सहयोग पु¥याउने उदेश्यका साथ कुल ५३ हजार रूपैयाँ बराबरको १ वटा किचन ¥याक, १ वटा सिलिन्डर सहितको ग्यास चुलो, १ वटा एस मोडेल कुर्सी, १ वटा स्टल दराज, ४ थान फाईबर सिरक र विश्व व्यापीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमलाई न्युनिकरण तथा सचेतनाका लागि ब्यानर समेत पालिकालाई हस्तान्तरण गरिएको छ ।

उक्त सामाग्री राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिति संयोजक जगदम्वाकुमारी चौधरीलाई सहकारी संस्थाका कार्यक्रम संयोजक अनु चौधरी र सामुदायिक शान्ति सहजकर्ता दलबहादुर घर्तीमगरले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीले न्याय र सुरक्षाका लागि नागरिलार्ई हिंसाबाट जोगाउन र हिंसा न्युनिकरण गर्दै जान सबै पक्षको सहयोगको आवश्यकता रहेको भन्दै सेफ हाउसका लागि सामाग्री सहयोगका लागि मिलाप कृषि सहकारी संस्था लाई धन्यवाद प्रदान दिएकी थिइन् ।

२०७७ साल कार्तिक देखी सञ्चालनमा आएको सेफ हाउसमा हाल सम्म १ जना हिंसा पीडितलाई संरक्षणका लागि राखिएको र न्याय प्रदान गरिएको उपाध्यक्ष चौधरीले जानकारी दिएकी छिन् । यसै सहकारी संस्थाले हिंसा पिडितहरुको बसाईमा सहजता ल्याउन आवश्यक सामाग्री प्रदान गरिएको कार्यक्रम संयोजक चौधरीले बताइन् । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन तथा समाचार प्रमुख ओमप्रकाश गुप्ता, राप्ती गाउँपालिकाका प्रेस संयोजक तिर्थराज ज्ञवाली, बन्दना गिरी, देवकुमारी चौधरी, उमा चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे