काठमाण्डौमा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप्ने तयारी



काठमाण्डौमा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप्ने तयारी

काठमाण्डौ १४ असार ।  काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थपिने भएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिदेखि सकिन लागेकाले केही खुकुलो बनाउँदै एक हप्ता थप्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको बैठकले एक हप्ता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको भए पनि त्यसमा के कस्ता मापदण्डहरु कायम गर्ने भन्नेबारेमा आज बस्ने बैठकले निर्णय गर्ने उनले बताए ।

काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणालीमार्फत सार्वजनिक गाडी सञ्चालन गर्ने बारेमा छलफल भएको र त्यसबारेमा पनि आज निर्णय हुने पराजुलीले बताए ।

यातायात व्यवसायीहरुले भने जोर बिजोर नभइ स्वास्थ्यका मापदण्ड पालना गराएर सार्वजनिक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे