एबिसी संचारकर्मीद्वारा मानव कल्याण समाज दाङको निरीक्षण र सहयोग



एबिसी संचारकर्मीद्वारा मानव कल्याण समाज दाङको निरीक्षण र सहयोग

दाङ १२ असार । एबिसी संचार कर्मीहरुको टिमले मानव कल्याण समाज दाङ शाखाको सेवाघर अवलोकन एवं रिपोर्टिङ गरेको छ । सेवाघरको नियमित संचालन र ब्यबस्थापन बारे रिपोर्टिङ गर्दै छ ।

साथै एबिसी संचारकर्मी सुदुरपस्चिम धनगढी निवासी पत्रकार शर्मिला बोगटीले मानव कल्याण समाज दाङ शाखा सेवाघरलाई माया गरि पठाई दिएकाे कपडाहरु एबिसी संचार क्राईमबिटका लुम्बिनी प्रदेश (ब्युरो-चिफ) पत्रकार सागर थापाद्वारा सहयोग हस्तान्तरण गरिएको छ। पत्रकार बोगटी मानव कल्याण समाज सेवा दाङमा आफू उपस्थित हुन नसके पनि सेवाघरमा आश्रीत असहाय बुवाआमा दाजुभाइ दिदीबहिनी र छोराछोरीहारुको लागि केही कपडाहरु पठाई सहयोग गरेका छन् ।

साथै सहयोग गर्ने र रिपोर्टिङमा खट्ने पत्रकार सागर थापा रसोज तामाङ अङ्कित डिसी लालशुर बिष्ट मेघ बहादुर थापा लगाएतको टिमलाई मानव कल्याण समाज सेवा दाङ शाखा परिवारले हार्दिक आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे