देउखुरीमा करेन्ट लागेर एक युवकको मृत्यु



देउखुरीमा करेन्ट लागेर एक युवकको मृत्यु

देउखुरी १२ असार । देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा करेन्ट लागेर एक युवकको मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय सागर सोमई मगरकाे शनिवार बेलुका पौने सात बजे करेन्ट लागेर मृत्यु भएकाे हाे ।

गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी स्थित रहेको शप्तऋषि क्रसर कम्पनीमा जाँदै गरेको प्रदेश २-०३००१ ख ३१६१ नम्बरको टिप्परले बाटो माथी झुन्डिएको तार छुन्छ कि भनी उक्त तार उचाल्ने क्रममा मगरलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक भट्टले बताए । उनी टिप्परका सहचालक हुन । टिप्पर र चालकलाई भने गढवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे