चरित्रहत्या गर्ने गरी आएका समाचार प्रति अध्यक्ष सुवेदीद्धारा गम्भीर ध्यानाकषर्ण



चरित्रहत्या गर्ने गरी आएका समाचार प्रति अध्यक्ष सुवेदीद्धारा गम्भीर ध्यानाकषर्ण

भालुवाङ १२ असार । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सहकारी रकम हिनामिनाका विषयमा आफ्नो नाम जोडिएको प्रति विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यो ध्यानाकर्षण भएको बताएका हुन् ।

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलनको विषयलाई लिएर राप्ती गाउँपालिका र मेरो समेत नाम जोडिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सहकारी संस्थाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर जिम्मेवारीपूर्वक कार्यकाल सम्पन्न गरी २०७४ असार मसान्तदेखि कुनै पदीय जिम्मेवारीमा नरहेको अध्यक्ष सुवेदीले विज्ञप्ती मार्फत जानकारी गराएका छन् । हाल उक्त सहकारी सहित अन्य तीन वटा सहकारी संस्था विच एकीकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ ।

विगतमा सुवेदीे संस्थाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको र हाल उक्त संस्थाको रकम हिनामिनाको सम्वन्धमा त्यस संस्थामा कार्यरत कर्मचारी विक्रम रानाले प्रविधिको दुरुपयोग गरी प्रारम्भिक अनुसन्धानको क्रममा आफूले रकम हिनामिना गरेको लिखित रुपमै स्वीकार गरिसकेको अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । हाल संस्था सञ्चालनको जिम्मेवारी अन्य पदाधिकारीहरुले लिईसकेको सन्दर्भमा मेरो इज्जत, प्रतिष्ठामा आँच आउने र चरित्र हत्या गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दै यसमा कुनै सत्यता नरहेको अध्यक्ष सुवेदीले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

हाल म लगायत संस्थामा आवद्ध २५ जना विरुद्ध मुद्दा दायर भएको विषयमा पूर्व पदाधिकारीको नाताले प्रहरी, प्रशासन र अदालतले गर्ने निष्पक्ष अनुसन्धानका लागि पूर्णरुपमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु विज्ञप्तीमा भनिएको छ । स्थानीय सरकार प्रमुखको नाताले जनताको रकमको सुरक्षा गर्नु प्रमुख दायित्वबोध गरी रकम हिनामिनामा संलग्न जो सुकैलाई कानून बमोजिम हदैसम्म कारवाहीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । अध्यक्ष सुवेदीले निकालेको विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष सुवेदीले लेखेकाे विज्ञप्ती
मिति : २०७८।०३।१२
विषय : प्रेस विज्ञप्ती ।
उपर्युक्त सम्बन्धमा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलनको विषयलाई लिएर राप्ती गाउँपालिका र मेरो समेत नाम जोडिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रशारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटियाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर जिम्मेवारीपूर्वक कार्यकाल सम्पन्न गरी मिति २०७४ असार मसान्तदेखि कुनै पदीय जिम्मेवारीमा नरहेको जानकारी गराउँछु ।
हाल महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित अन्य तीन वटा सहकारी संस्थाविच एकीकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ । विगतमा मैले संस्थाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर महत्वपूणर् भूमिका निर्वाह गरे तापनि हाल उक्त संस्थाको रकम हिनामिनाको सम्वन्धमा त्यस संस्थामा कार्यरत कर्मचारी विक्रम रानाले प्रविधिको दुरुपयोग गरी प्रारम्भिक अनुसन्धानको क्रममा आफूले रकम हिनामिना गरेको लिखितरुपमै स्वीकार गरिसकेको अवस्था छ । हाल संस्था सञ्चालनको जिम्मेवारी अन्य पदाधिकारीहरुले लिईसकेको सन्दर्भमा मेरो इज्जत, प्रतिष्ठामा आँच आउने र चरित्र हत्या गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दै यसमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहन्छु ।
हाल मलगायत संस्थामा आवद्ध २५ जना विरुद्ध मुद्दा दायर भएको विषयमा पूर्व पदाधिकारीको नाताले प्रहरी, प्रशासन र अदालतले गर्ने निष्पक्ष अनुसन्धानका लागि पूणर्रुपमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु । स्थानीय सरकार प्रमुखको नाताले जनताको रकमको सुरक्षा गर्नु प्रमुख दायित्वबोध गरी रकम हिनामिनामा संलग्न जोसुकैलाई कानूनबमोजिम हदैसम्म कारवाहीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
नुमानन्द सुवेदी
अध्यक्ष
राप्ती गाउँपालिका
देउखुरी, दाङ
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे