दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य घट्यो, फ्रेस मासु ३५० रुपैयाँ कायम
देउखुरी १२ असार । दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य असार १३ गते आइतवार देखि लागु हुने गरी घटेको छ । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शनिवार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य घटाएको हो । अव तयारी ब्रोइलर प्रती केजी २४० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३५० रूपैयाँ कायम गरेको छ ।
यस अघि जिउदो कुखुराको मुल्य २६० थियो भने फ्रेसमासुको मुल्य ३८० रुपैयाँ कायम गरेको थियो । देउखुरीमा कुखुरा बढी र माग कम भएकोले मुल्य घटाउनु परेको समुहका प्रवक्ता तथा कोषाध्यक्ष प्रकाश पोख्रेलले जानकारी दिनु भएको छ ।
साथै प्रवक्ता पोख्रेलले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान, मासु ब्यबसायी,लगाएत आमउपभोक्ताहरुमा अनुरोध गरेका छन् ।
बैठकमा समुहका उपाध्यक्ष खिमा भण्डारी, सचिव पहलमान चौधरी ( अनुप ), कोषाध्यक्ष तथा प्रवक्ता प्रकाश पोख्रेल, सहसचिव जिबराज भट्टराई, सदस्य वसन्त थापा, मधु खड्का, तिलबहादुर डाँगी, बिश्वराज श्रेष्ठ, सुर्यनारायण चौधरी, टेकबहादुर पुन, दुर्गा सार्की र अरुणा केसीको सहभागिता रहेको थियो ।