दाङको पत्रेखोलाले बगाउँदा बेपत्ता महिलाकाे सनाखत



दाङको पत्रेखोलाले बगाउँदा बेपत्ता महिलाकाे सनाखत

दाङ १२ असार । दाङको पत्रेखोलाले बगाउँदा वेपत्ता भएकी महिलाको परिचय खुलेको छ । उनी महिला घोराही ११ निवासी करिब ५०/५२ बर्षीय मिना भण्डारी रहेको प्रहरीले बताएको छ ।

शनिबार करिब साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा उनी वेपत्ता भएकी हुन् । घोरोही ११ को जितपुरबाट सिवपुर जानकालागि सिवपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।

प्रहरी नायब निरीक्षक गणेश गिरीको नेतृत्वमा ५ जना र प्रहरी निरीक्षक मोहनजंग बुढथापाको नेतृत्वमा ९ जनाको प्रहरीको टोली खटिएको छ । उनलाई फेला पार्न सकिएको छैन  ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे