समाचार लेखेकै भरमा पत्रकारलाई जेल हालेर तह लगाउने कुरा मान्य हुँदैन : अध्यक्ष पोख्रेल



समाचार लेखेकै भरमा पत्रकारलाई जेल हालेर तह लगाउने कुरा मान्य हुँदैन : अध्यक्ष पोख्रेल

भालुवाङ १२ असार । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हालेर तह लगाउने कानुन आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताउनु भएको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा सुरु भएको कोभिड महामारी र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम अन्तरगत शनिवार दोस्रो तथा अन्तिम दिन कानुन सम्बन्धी नीतिगत संवाद कार्यक्रममा बोल्दै सो कुरा बताएको भएको हो ।

प्रदेश समिति अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पोख्रेलले कतिपय नीतिगत कुराहरु संविधान सँग बाझिएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता सँग सम्बन्धी नीतिगत विषय वस्तुका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा पत्रकारहरुले आ आफ्नो जिज्ञासा तथा सुझाव समेत राखेका थिए ।

कार्यक्रमको सञ्चालन प्रदेश समितिका महासचिव विक्रम खड्काले गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका ११ वटा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे