लमही नगरपालिकाको नवौं नगर सभाबाट १ अर्ब ८ करोड बढीकाे बजेट प्रस्तुत



लमही नगरपालिकाको नवौं नगर सभाबाट १ अर्ब ८ करोड बढीकाे बजेट प्रस्तुत

लमही ९ असार । लमही नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्व ८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । बुधवार नगरपालिकाको नवौं नगर सभाबाट उप–प्रमुख देवका बेल्वासेले संघिय वित्तिय समानिकरण अनुदान, संघिय राजश्व वाँडफाँड, प्रदेश वित्तिय समानिकरण अनुदान, प्रदेश सवारी कर वाँडफाँड, आन्तरिक आय लगायत गरी एक अर्व ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरिन ।

संघिय वित्तिय समानिकरण अनुदान १५ करोड ११ लाख, संघिय राजश्व वाँडफाँड अनुदान ११ करोड १५ लाख ६७ हजार, संघिय शसर्त अनुदान २८ करोड ८० लाख, संघिय बिशेष अनुदान ८३ लाख, प्रदेश वित्तिय समानकिरण अनुदान ७१ लख ५७ हजार, प्रदेश सवारी साधन कर वाडफाँड अनुदान २ करोड ६९ लाख ९१ हजार ५ सय ७८, प्रदेश सरकार रोयल्टी ४० हजार २९, प्रदेश सशर्त अनुदान एक करोड १५ लाख ४४ हजार, प्रदेश सरकार बिशेष अनुदान ७० लाख, प्रदेश सरकार समपुरक अनुदान २ करोड, आन्तरिक आय ३४ करोड ४३ लाख ५० हजार, लमही अस्पतालको आन्तरिक आय २ करोड ८१ लख ८९ हजार र बैंक मौज्दात ८ करोड गरी जम्मा एक अर्व ८ करोठ ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

स्वास्थ्य सेवालाई व्यवस्थित तथा सुदृढिकरण गर्दै सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ८ करोड ८९ लाख बजेट विनियोजन भएको छ । लमही अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनको लागी ५ करोड १० लाख बजेट विनियोजन गरिएको छ । नगरको शिक्षा क्षेत्रमा कुल १६ करोड ७३ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।

कोरोनाका कारण सृजना भएको असहज परिस्थितीलाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर सुधार र बैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरण गर्न २५ लाख बजेट छ । पर्यटकीय क्षेत्रको विकास र पूर्वाधार निर्माणमा ३ करोड ४५ लाख बजेट छ । विपद् व्यवस्थापनको लागी एक करोड ६० लाख, आश्रय घर निर्माणको लागी ५० लाख, नगर आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्न बजेटले सम्वोधन गरेको छ ।

वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखाको लागी एक करोड ४३ लाख ९० हजार बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासका लागी १४ करोड ३७ लाख ५० हजार, जनता संग मेयर कार्यक्रमको लागी एक करोड, जनता संग उपमेयर कार्यक्रको लागी ५० लाख बजेट विनियोजन गरिएको छ । वडा तर्फका योजनाको लागी ९ करोड, विपद् व्यवस्थापन कोषको लागी एक करोड ६० लाख बजेट छ ।

उता देउखुरीको राप्ती गाउँपालीकाले ६० करोड बराबरको बजेट भोली ल्याउदै छ । सुचना अधिकारी तथा शिक्षा महाशाखा प्रमुख विश्वास विश्वकर्माका अनुसार कोरोना नियन्त्रयण तथा स्वास्थ्यलाई प्राथमिकता दिदै बजेट ल्याउने तयारी रहेको छ ।

यस्तैगरी आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरीसकेको तुलसीपुर उपमहानगरपालिकाले विहिवार बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले आर्थिक बर्षका लागि झन्डै साढे ३ अरब बजेट ल्याउने तयारी गरेको प्रेस सल्लाहकार ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उपप्रमुख माया आचार्यले नवौ नगरसभामा आर्थिक बर्ष २०७८ -०७९ का लागि ३ अरब ३९ करोडको हाराहारीमा बजेट ल्याउन लाग्नु भएको हो ।विनियोजित बजेट मध्ये सबै भन्दा बढी विकास तर्फ एक अर्ब ६२ करोड १६ लाख अनुमानित बजेट पेश गर्ने तयारी गरिएको छ । जुन कुल बजेटको ४७.७० प्रतिशत हुन आउँछ । यस्तै सामाजिक सुरक्षा तर्फ ४० करोड र चालुतर्फ एक अरब ३५ करोड बजेट विनियोजन गरिएको छ ।

वडा तर्फ प्रतिवडा एक करोड ७० लाख बजेट दिने तयारी गरिएको छ भने कार्यपालिका सदस्यहरुको सिफारिसमा खर्च हुनेगरी सबै कार्यपालिका सदस्यलाई ४० लाखका दरले बजेट विनियोजन गरिएको छ ।कार्यपालिकामा मनोनित सदस्यको संख्या ७ जना रहेको छ । गत बर्षलाई तुलना गर्दा आगामी बर्षका लागि एक अरब भन्दा बढी बजेट ल्याउन लागिएको छ । चालु आर्थिक बर्षमा २ अरब ३४ करोड ३७ लाख ६४ हजार वजेट विनियोजन गरिएको थियो ।

यस्तै दाङमा गढवाले पनि पनि विहिवार नवौ सभा मार्फत ६२ करोड ६ लाख १० हजार ६ सय ५२ रुपैया बराबरको बजेट ल्याउदै छ भने राजपुर गाउँपालिकाले विहिवार ५० करोड हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । बबई गाउँपालिकाले ४९ करोड ६९ लाख लाख बराबरको बजेट ल्याउने तयारी गरेको प्रेस सल्लाहकार प्रेम बहादुर राम्जाले जानकारी दिनुभयो ।

त्यसैगरी शान्ती नगर गाउँपालीकाले पनि भोली निति तथा कार्यक्रम र बजेट संगै ल्याउदै छ । गाउँपालीकाले ४६ करोड हाराहारीमा बजेट ल्याउन लागेको प्रबत्ता रवि बुढाथोकीले जानकारी दिनुभयो । गाउँपालीकाले प्रत्येक वडामा १ करोड १५ लाख भन्दा बढि विनियोजन गदैछ । यस्तै मंगलवार निति तथा कार्यक्रम प्रस्तुत गरेको दगीशरण गाउपालीका,घोराही उपमहानगर पालिकाले पनि बजेट सार्वजनिक गर्दैछन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे