दाङका थप १८ जनामा कोरोना संक्रमण पुष्टि



दाङका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

दाङ ९ असार । दाङमा आज १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जनामा पिसिआर परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती १८ जना मध्य घोराहीका ८, तुलसीपुरका ४, लमही र राप्तीका दुईदुई, बंगलाचुली र शान्तिनगरका एक एक जनामा कोरोना पुष्टिभएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आज थपिएका सँगै जिल्ला सकृय संक्रमितको संख्या १ सय ९५ जना रहेका छन् । ति मध्य १ सय ४५ जना संक्रमित घरमै, संस्थागत आईसोलेशनमा ३७ जना र १३ जना आइसियूमा रहेका छन् । बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ७ हजार ७ सय ५७ पुगेको छ भने ७ हजार ३ सय ६३ जना निको भएका छन् । बैशाख यता कोरोनाबाट दाङमा एक सय ९९ जनाको मृत्युभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे