बंगलाचुली गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न,६१ करोड २७ लाख ६६ हजारको बजेट पेश



बंगलाचुली गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न,६१ करोड २७ लाख ६६ हजारको बजेट पेश

कमिरेचौर १० असार । दाङको बंगलाचुली गाउँपालिकाको नवौँ गाउँसभा वुधबार कमिरेचौरमा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको छ ।

जसमा शिक्षा,लैङ्गिक समानता तथा सामाजिक सशक्तिकरण, स्वास्थ्य,पूर्वाधार, आर्थिक विकास र वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । गाउँपालिकाले यस वर्ष शिक्षा, स्वास्थ्य र सुरक्षित आवासमा लगानी, संमृद्ध बंगलाचुलीको विहानीू भन्ने मुल नारा तय गर्दै बजेट लिएको हो ।

जसमा तलव भत्ता कार्यालय संचालन तथा व्यवस्थापन लगाएत प्रशासनिक खर्च तर्फ ७ करोड अर्थात कुल व्यय अनुमानको ११ प्रतिशत मात्र खर्च अनुमान गरिएको छ । विनियोजित बजेट मध्य नेपाल सरकारको अनुदान बाट २४ करोड १६ लाख,संघिय राजश्व बाँडफाँडबाट ८ करोड ६२ लखा, प्रदेश सरकारको अनुदान बाट ३ करोड ४२ लाख ३५ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ७३ लाख ३१ हजार र आन्तरिक राजश्व बाट २ करोड ३२ लाख गत बर्षको मौज्दात १ करोड ५० लाख आय अनुमान गरिएको छ ।

गाउँपालिकाले यस वर्ष पनि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । गाउँपालिलकाले शिक्षामा २१ करोड ८२ लाख अर्थात कुल बजेटको ३५ प्रतिशत र स्वास्थ्यमा १० करोड १७ लाख अर्थात कुल बजेटको ५१ प्रतिशत बजेट विनियोजन गरेको छ ।

त्यसैगरी संघ तथा प्रदेश सरकारको सहकार्यमा गत आर्थिक वर्षदेखिनै संचालनमा आएको खरको छानो मुक्त अभियानलाई निरन्तरता दिदै आगामी आर्थिक वर्षमा सबै घरधुरी खरको छानो मुक्त तुल्याउन गाउँपालिकाभित्र थप १५०० भन्दा बढी घरधुरीको लागि ७ करोड ६४ लाख बजेट विनियोजन गरीएको छ ।

गाउँपालिकाले बालमैत्री स्थानीय शासन, महिला उत्थान कार्यक्रम, लक्षित समुदाय कार्यक्रम, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षाका लागि ८ करोड २ लाख २२ हजार रकम विनियोजन गरेको छ । त्यसैगरी शहिद परिवार, घाइते, अपाङ्ग सहयोग कार्यक्रम तथा मासिक छ सय रुपैयाँ वृत्ति पाउने गरी शहिद, घाइते तथा बेपत्ता परिवार सम्मानका लागि समेत १६ लाख विनियोजन गरिएको छ ।

त्यस्तै गाउँपालिकाले भौतिक पूर्वाधार तर्फ ३ करोड ७३ लाख विनियोजन गरेको छ । गाउँपालिकाले संस्थागत क्षमता विकास तथा शुसानका लागि १ करोड ३८ लाख ८१ हजार विनियोजन गरेको छ । त्यसैगरी आर्थिक विकास तर्फ २ करोड ८६ लाख ४४ हजार विनियोजन गरीएको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष यमुना घर्तिमगरले बजेट प्रस्तुत गर्नु भएको थियो । गाउँसभाको सहजिकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले गर्नु भएको थियो ।

यसैविच दाङको बंगलाचुली गाउँपालिकाले २५ वर्ष सम्मा विभिन्न माध्यमबाट राष्ट्रसेवामा क्रियासील कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले गाउँसभाको अवसरमा शिक्षक,निजामति कर्मचारीलाई सम्मान गरेको हो ।

दाङको बंगलाचुली गाउँपालिकाले यस गाउँपालिका अन्तर्गत कार्यरत सबै राष्ट्रसेवक शिक्षक तथा कर्मचारीलार्इ कम्तिमा ५ दिनको पर्यटन काज दिने भएको छ । संघिय सरकारले राष्ट्रसेवकहरुलाई मात्र पर्यटन काजको व्यवस्था गरे पनि बंगलाचुली गाउँपालिकाले भने राष्ट्रसेवक तथा शिक्षक कर्मचारीहरुलाई पर्यटन काजको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे