नेपालमा थप २४२१ जनामा काेराेना सङ्क्रमण पुष्टि, ३५५८ जना निकाे ५२ जनाको मृत्यु



नेपालमा थप २४२१ जनामा काेराेना सङ्क्रमण पुष्टि, ३५५८ जना निकाे ५२ जनाको मृत्यु

काठमाण्डाै ९ असार । गएको २४ घण्टामा देशभर दुई हजार चार सय २१ जनामा काेराेना भाइरसको सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

सात हजार चार सय ६१ जनाको आरटी/पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा र चार हजार नाै सय ५३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नाै सय १० जना गरी दुई हजार चार सय २१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

२४ घण्टामा थपिएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकाका चार सय ९७ जना रहेका छन् । पछिल्लाे २४ घण्टामा काठमाण्डाैमा तीन सय ४६ जनामा, ललितपुरमा ९४ जनामा र भक्तपुरमा ५७ जनामा सङ्क्रमण देखिएकाे हाे । नेपालमा आज ५० हजार पाँच सय २० जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ५८ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा काेराेना सङ्क्रमणका कारण ५२ जनाको ज्यान गएको र विभिन्न समयकाे थप २९ जना गरी ८१ जनाको ज्यान गएको तथ्याङ्क प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे